८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुराका ५७ वडा विद्युत् सेवाबाट वञ्चित

अ+ अ-

बाजुरा । बाजुराका ६९ वडामध्ये १२ वटा वडामा नेपाल विद्युत् प्राधिकरणले लाइन विस्तार गरी विद्युत् सेवा प्रवाह गर्दै आएको छ । विद्युत् प्राधिकरणले साविकका २७ गाउँ विकास समितिका ६९ वडामध्ये साविकका चार गाउँ विकास समिति र हालका १२ वडामा मात्र विद्युत् सेवा विस्तार गरेको हो । 

हालै नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नौ स्थानीय तहमध्ये गौमुल गाउँपालिकामा मात्र विद्युत् सेवा विस्तार हुन बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको छ । जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ स्थानीय तह छन् । तीन पालिकाका ६९ वडामध्ये १२ वडामा मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार भएको छ । 

सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिका-६ वडा, बुढीगंगामा तीन वडा र खप्तड छेडेदह गाउँपालिकाका तीन  वडामा मात्र विद्युत् सेवा विस्तार भएको प्राधिकरण वितरण केन्द्रका सूचना अधिकारी गुणराज भट्टले राससलाई जानकारी दिएका छन् । वितरण केन्द्रको तथ्यांकमा जिल्लाका १२ वडामा मात्र विद्युत् सेवा विस्तार भएको तथ्यांक भए पनि प्राधिकरण केन्द्रीय कार्यालयले भने एक पालिकामा मात्र विद्युत् सेवा विस्तार हुन नसकेको तथ्यांक सार्वजनिक गरेर त्रुटि गरेको हो । 

सूचना अधिकारी भट्टका अनुसार बूढीगंगा नगरपालिका-१, २ र ३, बडिमालिका नगरपालिका-१, २, ३, ७, ८ र ९ मा मात्र विद्युत्को लाइन विस्तार गरी सेवा प्रवाह भइरहेको छ । त्यसै गरी खप्तड छेडेदह गाउँपालिका-५ र ७ पूरै तथा वडा नं ६ का ५५ परिवारलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

बडिमालिका नगरपालिका साविकका मार्तडी र जुगाडा, बूढीगंगा नगरपालिकाको साविक ब्रह्मतोला गाविस र खप्तड छेडेदह गाउँपालिकाको साविक आटिचौर र डोगडीमा मात्र राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार गरिएको छ । जिल्लामा राष्ट्रिय प्रसारण लाइनका विद्युत् सेवाग्राही चार हजार चार सय ८३ ग्राहक रहेको तथ्यांक छ । सबैभन्दा कम ३३ दशमलव ५१ प्रतिशत विद्युतीकरण भएको राष्ट्रिय तथ्यांकमा उल्लेख छ ।

 राष्ट्रिय जनगणना, २०७८ अनुसार बाजुरामा एक लाख ३८ हजार नौ सय ९८ जनसङ्ख्या छ । जिल्लामा  २२ हजार नौ सय २१ परिवार विद्युत्को पहुँचमा रहेको जनाएको छ । त्यसै गरी चार हजार तीन सय ४२ परिवारले सौर्य ऊर्जा तथा सोलार र ६७ परिवारले मट्टितेल प्रयोग गर्ने गरेको जनगणनाको तथ्यांकमा उल्लेख छ । उक्त तथ्यांक अनुसार बिजुलीबाट खाना पकाउने १८ परिवार मात्र रहेको उल्लेख छ । 

पच्चीस हजार सात सय ५१ परिवार अझै दाउरा प्रयोग गरिरहेका छन् भने दुई हजार परिवारले एलपिजी ग्यासबाट खाना पकाउने गरेको जनगणना २०७८ को तथ्यांकमा उल्लेख छ । त्यसै गरी दुई सय ४१ बायोग्यास, १८ परिवार मट्टितेल र अन्यमा खाना पकाउने १३ परिवार रहेका छन् । हिमाली गाउँपालिका बिच्छँयाका पाँच सय ८४ परिवार अँध्यारोमा बस्न बाध्य छन् ।  साविकको बिच्छँया गाविसका रूपमा रहेको बिच्छँयामा २०७८ को जनगणनाअनुसार तीन हजार तीन सय ७१ नागरिक बसोबास गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस