काठमाडौँ । नेपालका लागि बेलायती राजदूत रब फेनले नेपाली भाषा सिक्न थालेका छन्। १२ महिना अगाडि राजदूतको रूपमा नेपाल आएका फेनले आफूले नेपाली सिकेको कुरा सार्वजनिक गरेका छन्।
आफूलाई राम्रो लाग्ने शब्दको उदाहरणसहित उनले लेखेका छन, ‘म नेपाली भाषा सिक्दै छु। मलाई मन पर्ने एउटा नेपाली शब्द हो रंगीचंगी नेपाली भाषा सिक्न केही सुझाव छन् भने भन्नुस् है ।’
राजदूत फेनको निजी सामाजिक सञ्जालको पोष्ट बेलायती दूतावासले पनि सार्वजनिक गरेको छ । राजदूत फेनले आफूले नेपाली बोलेको छोटो भिडिओ सेयर गरेका छन्।
