१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने-नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार जनताको इच्छा विपरीत चलिरहेको आरोप लगाएका छन् ।

आज बिहान बाँकेको नेपालगञ्जमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘संविधानको भावना विपरीत बनेको सरकारले निरन्तर जनताका इच्छा विपरीत काम गरिरहेको छ ।’ यसको विरुद्धमा आवश्यक परे सडकमा पनि जान सक्ने उनले चेतावनी दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउने केन्द्रीय एजेण्डा हुनुपर्ने धारणा राखे ।

अर्को एक प्रसंगमा उनले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताए । नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै ‘प्रचण्ड’ले भने, ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ ।’

‘हामीले एजेण्डा उठाएनौँ मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं,’ उनले भने, ‘संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेन्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’

समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरूसँग एकता गर्ने अध्यक्ष ‘प्रचण्ड’ले जानकारी दिए । अब सरकारमा जानुभन्दा पार्टी निर्माण कार्यमा लाग्ने उनको भनाइ छ । पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताए । ‘पार्टीको आवश्यकता, साथीहरूको जोडबल र जनभावनाले गर्दा ३५र३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु,’ प्रचण्डले भने ।

यसैबीच माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको पार्टी प्रशिक्षण र कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई नयाँ गतिमा अघि बढाउन निर्देशन दिए । पार्टी वैचारिक, सांगठनिक र भावनात्मकरुपमा एकताबद्ध भएर अघि बढ्ने उल्लेख गर्दै उनले पार्टी विभाजनको हल्ला असत्य साबित भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस