७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सी चिनफिङलाई नेपाल भ्रमण गराउन पहल गर्छु : प्रस्तावित राजदूत ओली

अ+ अ-

काठमाडौँ । चीनका लागि प्रस्तावित नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले आफू राजदूत भएमा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । यस्तै नेपालतर्फबाट पनि यस्तै उच्चस्तरीय भ्रमण गराउने आफ्नो पहल कदमी हुने उनको भनाइ छ ।

संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै उनले दुवै देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिहरूको भ्रमण आदान प्रदान गर्न प्रयत्न गर्ने बताएका हुन् ।

नेपाली विद्यार्थीलाई चीनमा उच्च शिक्षाको अवसर प्राप्त भइरहेको भन्दै उनले यस सन्दर्भमा छात्रवृत्तिको सङ्ख्या बढाउन र अध्ययनमा विविधीकरण गर्न चीन सरकारलाई अनुरोध गर्ने पनि बताएका छन् ।

यस्तै चीनमा विभिन्न पेसा, व्यवसाय तथा शोधकार्यमा संलग्न नेपालीहरूको अनुभव, सीप र पुँजीलाई राष्ट्र निर्माणमा सहयोग गर्न प्रयास गर्ने पनि उनको कार्ययोजनामा उल्लेख छ । यस्तै नेपालका विभिन्न क्षेत्रहरूमा लगानी प्रवर्द्धन गर्न पहल गर्ने पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस