६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई जिम्मेवार बनाउनु पर्छ : पूर्वमन्त्री चौधरी

अ+ अ-

सुनसरी । पूर्वमन्त्री एवं सांसद भगवती चौधरीले आर्थिक क्रियाकलाप सञ्चालन गर्ने बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई जिम्मेवार बनाउनुपर्ने बताएकी छिन् ।

टोल विकास लघु उद्यम सहकारी संस्था इटहरीको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । सुनसरी ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीले आर्थिक क्रियाकलाप गर्ने बैंक, वित्तीय संस्था तथा सहकारीलाई समुदायप्रति जिम्मेवार हुने खालका नियम कानूनहरू लागू गर्नुपर्ने बताइन् ।

‘आर्थिक क्षेत्रमा काम गर्नेहरूलाई जिम्मेवार बनाउनुपर्छ । तर सबैलाई एकै नजरले हेर्न हुँदैन’, उनले भनिन्, ‘यस क्षेत्रमा केही नराम्रा गर्ने संस्थाहरू छन् । तर तीनलाई छानबिन गरेर आवश्यक कारबाहीको दायरामा ल्याउनुपर्छ । केही संस्थाले गलत गरे भन्दैमा सबैलाई एकै नजरले हेर्नु हुँदैन ।’ सकारी र बैंक तथा वित्तीय संस्थालाई फरक(फरक तरिकाले नियमन गरिएको भन्दै कुन संस्थाले के गरिरहेका छन् भन्ने कुरा राज्यले नियमन गर्नुपर्ने उनको भनाई थियो ।

सहकारीहरूको आ(आफ्नो मान्यता र लक्ष्यहरू रहेको भन्दै उनले राज्यले निर्धारण गरेका नियम कानूनमा रहेर काम गर्नुपर्ने उनले बताइन् । सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने भन्दै उनले न्यायपूर्ण व्यवहार गर्न आवश्यक रहेको बताइ ।
हरेक व्यक्ति समाजप्रति उत्तिकै रूपमा उत्तरदायित्व बन्नुपर्ने भन्दै उनले भनिन्, ‘हामी सबैले सामाजिक उत्तरदायी निर्वाह गर्नुपर्छ । अहिले हरेक व्यक्तिले आफ्नो उत्तरदायित्व के हो भन्ने कुरा भुल्नु हुँदैन ।’ अर्को प्रसङ्गमा पूर्वमन्त्री चौधरीले पछिल्लो समय युवाहरूमा बढ्दै गएको नैराश्यताकलाई चिर्ने खालका गतिविधि सबैले गर्नुपर्ने बताइन् ।

‘हुनेखानेको छोराछोरीहरू अन्य विकसित क्षेत्रमा जाने गरेका छन् । तर आर्थिक रूपमा कमजोर भएका व्यक्तिका छोराछोरीहरू खाडी लगायतका मुलुकमा श्रम गर्न जाने गरेका छन्’, पूर्वमन्त्री चौधरीले भनिन्, ‘यस्तो अवस्थालाई चिर्नका निम्ति हामीले युवाहरूमा आशा जगाउने खालका गतिविधिहरू सञ्चालन गर्न आवश्यक छ ।’ पछिल्लो समय युवाहरूमा नैराश्यता बढ्दै गएको भन्दै उनले त्यसलाई चिर्दै युवाहरूमा आशा जगाउनका निम्ति सबैले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस