११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली जी सँगै जेल बसेको, दुःख गरेको राम्रो मान्छे हो : देउवा 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राम्रो भएको भन्दै प्रशंसा गरेका छन् ।

आइतबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा आफूहरू सँगै जेल बसेको र आफ्नो सम्बन्ध पनि राम्रो भएको बताउँदै देउवाले ओलीको प्रशंसा गरे । बैठकमा बोल्दै देउवाले वर्तमान सत्ता गठबन्धनको विपक्षमा नबोल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन समेत दिए । उनले आफूले प्रचण्डलाई कहिले पनि धोका नदिएको भन्दै पटक पटक प्रचण्डबाट धोका खाएको गुनासो गरे ।

‘सत्य कुरा के हो भने ओलीजीसँग मेरो सम्बन्ध राम्रो छ । सँगै जेल बसेको मान्छे हो हामी’, देउवाले भने‚ ‘दुःख गरेको राम्रो मान्छे हो उहाँ ।’

उनले समानुपातिक समावेशी व्यवस्था रहेसम्म एकल पार्टी बहुमत आउन नसक्ने बताए । सोही कारण कोही न कोही दोलसँग मिलेर गठबन्धन बनाउनुको विकल्प नभएको उनले बैठकमा स्पष्ट धारणा राखे ।

‘कुनै पनि पार्टीको बहुमत आउने छैन । समावेशी समानुपातिक व्यवस्था रहेसम्म कुनै पनि पार्टीको बहुमत आउँदैन’, देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने‚ ‘अहिले एमालेसँगको गठबन्धनमा समस्या आउँछ भनेर डराएर हुँदैन । यो व्यवस्था रहेसम्म कुनै पनि पार्टीसँग मिल्नुपर्ने बाध्यता छ ।’

सभापति देउवाले वर्तमान सरकार बनेपछि देशभर नेता कार्यकर्तामा उत्साह थपिएको बताए । उनले वर्तमान गठबन्धनको विपक्षमा नलाग्न पनि अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस