काठमाडौँ । नेपाल सरकारका सचिव दिनेश भट्टराईले पदबाट राजीनामा नदिएको बताएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव भट्टराईले सामाजिक सञ्जालबाट आफूले राजीनामा नदिएको प्रष्ट्याएका हुन् ।
मुख्य सचिव बढुवामा असन्तुष्टि जनाउँदै सचिव भट्टराईले राजीनामा दिएको समाचार कतिपय अनलाइनहरूमा प्रकाशन भएसँगै उनले त्यसमा कुनै सत्यता नभएको बताएका हुन् । ‘केही अनलाइनहरूमा मैले राजीनामा दिएको र स्वीकृत समेत भएको भनी प्रकाशित समाचारमा सत्यता नभएको अनुरोध गर्दछु । उनले भनेका छन् (यो स्ट्याटस मैले आज बिहान पनि हालेको थिए तर कसरी हो अहिले देखिँदैन । तर सत्य त्यही नै हो ।)’