काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक आज २.०६ विन्दुले बढेको छ।
योसँगै सूचक २६९८ अंकमा आएको छ । १६ लाख २० हजार भन्दा बढीको सेयर कारोबार भएको छ।
यस अवधिमा ४१ कम्पनीको २ हजार ३ सय ५४ कित्ता सेयर कारोबार भएको छ। यस सेसनमा २२ कम्पनीको मूल्य बढेको छ भने १३ वटाको मूल्य घटेको छ। कुल ८२ वटा कारोबार भएको छ।
बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।