८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबुरामसँग छुट्टिएको यादव पक्षले थप्यो केन्द्रीय सदस्य

अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को महिन्द्र राय यादव-गंगानारायण श्रेष्ठ पक्षले पार्टीमा केन्द्रीय सदस्य थप गरेको छ। महासचिव रमेश यादवका अनुसार हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सदस्य थप गरेको हो।

उनका अनुसार बैठकले रामकैलाश यादव, माहम्मद इजरायल, सुरदबहादुर स्याङतान, होमकुमारी दोङ, सोमबहादुर थिङ, राजु थापा, ढाकाराम गौतम, सुरेन्द्र पटेल, टेकबहादुर बाठा मगर, महेन्द्रबहादुर शाही र शिव सुन्दर शाहीलाई कार्यकारिणी सदस्य बनाइएको छ।

बैठकले नेताहरूको जिम्मेवारी समेत हेरफेर गरेको छ। नेसपाले भदौ २५ देखि ३० सम्म कोशी लुम्बिनीमा, असोज ५ देखि १५ गतेसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशमा अभिमुखीकरण गर्ने निर्णय पनि गरेको छ।

गठन र पुनर्गठन गर्न बाँकी जिल्लाहरूमा यथाशीघ्र जिल्ला समन्वय समिति गठन पुनर्गठन गर्ने र केन्द्रीय कार्यालयमा तथ्यांक उपलब्ध गराउने र पार्टीलाई समाजवादी मोर्चामा सहभागी गराइएकोबारे पार्टीका नेताहरूलाई जानकारी दिँदै सक्रियतापूर्वक भूमिका खेल्ने निर्णय पनि भएको महासचिव यादवले बताए।

अध्यक्ष डा. बाबुराम भट्टराई पक्षसँग अलग भएर यादव पक्षले अलगै पार्टीको अभ्यास गर्दै आइरहेको छ। तर, संस्थापन पक्षले यसअघि नै यादवसहितका नेताहरूलाई हटाइसकेको छ।

प्रतिक्रिया दिनुहोस