काठमाडौँ । सोमबार पनि विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी छ । सिंहदरवारमा जारी सुनुवाइमा इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितपछि मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।
प्रस्तावित राजदूत तिम्सिनाले समितिमा प्रस्तुत गरेको १५ पेज लामो कार्ययोजनामा नेपाल मलेसियाबिचको कूटनीतिक सम्बन्ध, व्यापार सम्बन्ध, शिक्षा र प्रविधि सहयोग, पर्यटन र वैदेशिक लगानीका सम्भावना समेटेका छन् ।







