५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यसचिवसँग भेट्दै महासंघ प्रतिनिधिले राखे नीतिगत सुधारको माग

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग भेट्दै नीतिगत सुधारको माग गरेको छ ।

पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि तीव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको महासंघको भनाइ छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरीय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए ।

‘महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ,’ उनले भने । निजी क्षेत्रको मर्यादा क्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक लिन पनि मुख्यसचिव अर्याल समक्ष महासंघ टोलीले आग्रह गरेको हो ।

सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधि उपयोग बढाइ सुशासनको प्रत्याभूति दिलाउन समेत महासंघको माग छ । निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी कानुन बनेको तर्फ अध्यक्ष ढकालले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराए । यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गरे ।

भेटमा मुख्यसचिव अर्यालले निजी क्षेत्रको महत्त्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले छिटो-छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धी कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस