६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत भ्रमणमा ईपीजीको विषय उठाएनौँ : परराष्ट्र मन्त्री राणा

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु देउवा राणाले आफ्नो भारत भ्रमणमा ईपीजीको विषयमा कुराकानी नभएको स्वीकार गरेकी छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री देउवाले हालै भएको भारत भ्रमणबारे जानकारी गराएकी थिइन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेकी थिइन् ।

भारतीय पक्षसँग भएको भेटमा दुई देशका संयन्त्रहरूलाई सक्रिय बनाउने विषयमा कुराकानी भएको मन्त्री देउवाले जानकारी दिइन् ।

पञ्चेश्वर परियोजना, एयर रुटबारे कुराकानी भएको भन्दै उनले भनिन्, ‘बाउन्ड्री वर्किङ ग्रुपको कुरा भएको छ । उहाँहरूले हुन्छ भन्ने कुरा राख्नु भएको छ । तर यस्तै गर्ने भन्ने भएको छैन ।’

भेटवार्ताहरूमा आफूले ईपीजीको प्रतिवेदनको विषय भने नउठाएको उनले बताइन् । दुवै देशका प्रतिनिधिहरूले बनाएको यो प्रतिवेदन उपयुक्त समयमा बुझ्ने उनको विश्वास छ ।

मन्त्री देउवाले अगाडि भनिन्, ‘यो पालिको भ्रमणमा चाहिँ हामीले पनि उठाएनौँ, हामीले पनि उठाएनौँ । दुवै देशको प्रतिनिधि मिलेर बनाएको रिपोर्ट भएकाले उपयुक्त समयमा आवश्यक छलफल–कारबाही हुन्छ होला भन्नेमा आशावादी छु ।’

प्रतिक्रिया दिनुहोस