७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन खोज्दा घिसिङलाई हटाउने षड्यन्त्र भयो : अमनलाल मोदी

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद अमनलाल मोदीले लोडसेडिङको समयमा डेडिकेटेड लाइन र ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने उद्योगीहरूबाट बक्यौता उठाउन खोज्दा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन राजनीतिक षड्यन्त्र भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद मोदीले विगतमा पनि बक्यौता रकम उठाउन खोज्दा कार्यकारी निर्देशक घिसिङलाई हटाउने प्रयत्न भएको र अहिले पनि राजनीतिक नेतृत्वले हटाउने षड्यन्त्र गरिरहेको दाबी गरे ।

‘राम्रो काम गर्दै गर्दा जनताको पक्षमा काम गर्दै गर्दा राष्ट्रको सम्पत्ति, राज्यको सम्पत्ति उठाउँदै गर्दा केही माफियाहरूले, केही राजनीतिक दलका संरक्षकहरूले उहाँमाथि ठूलो षड्यन्त्र गरिरहेका छन्, ‘उनले भने, ‘सार्वजनिक लेखा समितिमा एकलौटी मैले प्रश्न गर्न खोजे संसद्मा अल्पमत र बहुमत हुन्छ, निर्णय सुनाउने सांसदले मताधिकार प्रयोग गरेपछि हो ।’

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले घिसिङविरुद्ध निर्देशन दिन खोजेको मोदीको भनाइ थियो ।

राज्यका निकायमा राम्रो काम गर्नेहरूलाई पदबाट हटाएर आफ्ना मान्छेलाई नियुक्त गर्न षड्यन्त्र भइरहेको मोदीको भनाइ थियो । डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गर्नेहरूको बक्यौता २१ अर्ब ८८ करोड रुपैयाँ उठाउनुपर्छ भन्ने माओवादीको माग रहेको मोदीले बताए ।

प्रतिक्रिया दिनुहोस