काठमाडौँ । रुसका लागि प्रस्तावित राजदूत प्रा. डा. जंगबहादुर चौहानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । बुधबार सिहंदरवारमा जारी संसदीय सुनुवाइमा प्रस्तावित राजदूत चौहानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् ।
कार्ययोजनामा उनले प्रथम उच्चस्तरीय राजकीय भ्रमण, द्विपक्षीय व्यापार प्रवर्द्धन, आर्थिक सहयोग, पर्यटन प्रवर्द्धन लगायतका विषयलाई समेटेका छन् ।





