काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंगीअड्डाले प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक विदाइ गर्दै छ । बुधबार नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलको नेतृत्वमा जंगीअड्डाले पाँच दिनपछि निवृत्त हुन लागेका शर्माको बिदाइ गर्न लागेको हो ।
प्रधानसेनापतिको तीन वर्षे पदावधि पूरा गरेर उनी २४ भदौदेखि सेवा निवृत्त हुँदै छन् । सैनिक परम्परा अनुसार, शर्मा एक महिना अघिबाटै बिदा बसेका थिए भने अशोकराज सिग्देललाई सरकारले नयाँ प्रधानसेनापति नियुक्त गरिसकेको छ ।
समारोहमा उच्च सैनिक अधिकारीहरू, पूर्वउच्च सैनिक अधिकारीसहित नागरिक समाजबाट उपस्थित हुने जंगीअड्डा स्रोतले जानकारी दिएको छ ।