काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय, पोखराको तेल चोरी गर्दा रंगेहात समातिएका चारैजना अभियुक्तलाई जिल्ला अदालत, कास्कीले सफाइ दिएको छ ।
गत वर्ष २५ साउनमा १२ हजार लिटर क्षमताको ट्यांकरमा १५ हजार ३८ लिटर डिजेल लगेको पुष्टि भएपछि इलाका प्रहरी कार्यालय, हंसपुरले निगमको तत्कालीन पोखरा डिपो प्रमुख चित्तरञ्जन दास, पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोलपम्पका सञ्चालक बाबुराम जम्मकट्टेल, गण्डकी–धौलागिरि डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र तेल अपचलनका लागि प्रयोग गरिएको ग.२ख ८३६ नम्बरको ट्यांकरचालक निर्मल थापालाई कारबाही गर्न मुद्दा दायर गरेको थियो ।
तर, जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले प्रमाण नपुगेको भन्दै चार जनालाई सफाइ दिएको छ ।