७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइने

अ+ अ-

काठमाडौँ । ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । ८ सेप्टेम्बर २०२४ का दिन दिवस मनाइन लागिएको हो ।

दिवसबारे जानकारी दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका प्रवक्ता वसन्त कोइरालाले दिवसको अवसरमा २३ भदौमा कार्यक्रम गर्न लागिएको बताए। हाल नेपालमा ६४ वटा जिल्ला साक्षर घोषणा गरिसकिएका छन्। अब १३ जिल्ला घोषणा हुन बाँकी छन्। ती जिल्लाहरू समेत साक्षर घोषणाको तयारीमा रहेको केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका निर्देशक नीलकण्ठ ढकालले बताए।

बागमती, गण्डक र कोशी बाहेकका प्रदेशहरू समेत साक्षर घोषणा हुन बाँकी छन्। घोषणा हुन बाँकीमा मधेस प्रदेशका सबै जिल्लाहरू सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा रहेका छन्। त्यस्तै कर्णाली प्रदेशका मुगु जुम्ला, हुम्ला, कालिकोट र डोल्पा रहेका छन्। हालसम्म ८५ प्रतिशत जनसङ्ख्या साक्षर भएको उनको भनाइ छ। भोलि हुम्ला जिल्ला समेत साक्षर जिल्ला घोषणा हुन लागेको निर्देशक ढकालले बताए।

केन्द्रले साक्षरता अभियान सञ्चालनका लागि साक्षर घोषणा हुन बाकी रहेका नगरपालिकालाई ४ लाख, गाउँपालिकालाई ३ लाख र साक्षर घोषणा भइसकेका पालिकाहरूलाई २ लाख रुपैयाँका दरले बजेट पठाउँदै आएको छ। आगामी वर्ष सम्ममा नेपाललाई साक्षर नेपाल घोषणा गरी आजीवन सिकाइका अवसरहरू सुनिश्चित गर्ने उद्देश्य लिएको छ।

सिकारुका आवश्यकताअनुसार तहगत पाठ्यक्रम, सिकाइ मोडलहरू र भाषिक विविधता अनुरूपका डिजिटल सिकाइ सामग्री विकास गर्ने योजना समेत केन्द्रको छ। प्राविधिक धारमा पारगम्यताकालागि जीवनोपयोगी सीपको समायोजन गर्ने, वैकल्पिक शिक्षण अनुगमन, मूल्यांकन तथा सहयोग पद्धति विकास गर्ने, संस्थागत संरचना तथा क्षमताको विकास गर्ने योजना केन्द्रको छ।

साक्षर नेपाल अभियान अन्तर्गत हालसम्म २०६५ र विसं २०६९ सालमा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो। त्यस्तै २०७२ मा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो। २०७१ असार देखि साक्षर जिल्ला घोषणा गर्ने अभ्यासको थालनी भएको थियो।

२०७६ मा साक्षर नेपाल वर्ष अभियान सञ्चालन भएको थियो। हाल १५/६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ८५ प्रतिशत पुगेको केन्द्रले जनाएको छ । साक्षरताका १२ वटा सूचकहरूको आधारमा साक्षरताका कार्यक्रमहरू सञ्चालन भइरहेको निर्देशक ढकालले बताए।

साक्षरता घोषणा हुन बाँकी रहेका मधेस प्रदेश र कर्णाली प्रदेशमा स्थानीय तहमा साक्षरता कार्यक्रमका सम्बन्धमा अभिमुखीकरण तथा साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको उनको भनाइ छ।

साक्षरताका लागि विभिन्न १२ सूचकहरू तोकिएका छन् । जसमा राष्ट्रभाषा वा मातृभाषाका वर्ण र अक्षरको पढ्न र लेख्न जानेको हुनुपर्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्य सूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख् र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न ५० देखि ९ सम्मका अंक अक्षर लेख्न सक्ने, १ देखि १०० सम्म गणना गर्न सक्ने रहेका छन्।

त्यस्तै लेनदेनका हरहिसाब राख्न सक्ने, सरल चित्र पोस्टर साइनबोर्ड र ट्राफिक संकेत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्ते पात्रो हेरी तिथि मिति बताउन सक्ने, बैंक भौचर भर्न र चेकको प्रयोग गर्न सक्ने भएपछि त्यो व्यक्ति साक्षर मानिने केन्द्रको सूचक छन्।

प्रतिक्रिया दिनुहोस