काठमाडौँ । नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टलाई १६० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए । कुशल मल्लले ५५ बलमा ३५ रन बनाए ।
आरिफ शेख २०, कार्यवाहक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए ।