७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रातृ संस्थाको अधिवेशन गराउन निर्देशक समिति बनाउँदै काँग्रेस

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले भ्रातृ संस्थाको महाअधिवेशन गराउनका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिने तयारी गरेको छ ।

निर्वाचित कार्यसमिति ल्याउनका लागि भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने गरी निर्देशक समिति बनाउन लागिएको हो । आठ सहमहामन्त्री मध्येबाट मन्त्री रहेका बद्री पाण्डे बाहेक अन्यले एक-एक भ्रातृ संस्थाको निर्देशक समिति संयोजक हुने गरी तयारी भएको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी गराए ।

संयोजक सहित प्रत्येक निर्देशक समितिमा तीन जना हुनेछन् ।

समितिलाई महाधिवेशनको कार्यतालिका निर्माण, विधानमा समयानुकूल परिमार्जन, आन्तरिक समस्याको निकास दिने अधिकार छ । पार्टी स्रोतका अनुसार सहमहामन्त्रीहरू किशोर सिंह राठोरलाई नेविसंघ, महेन्द्र यादवलाई तरुण दल, भीष्म आङदेम्बेलाई महिला संघको निर्देशक समिति बनाउन लागिएको छ ।

काँग्रेसका १३ भ्रातृ संस्थामा ११ वटा तदर्थ कार्य समिति छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र मुस्लिम संघमा मात्रै निर्वाचित कार्यसमिति छन् । नेविसंघ, तरुण दल, महिला संघ, भूतपूर्व सैनिक संघ, किसान महासंघ, प्रजातान्त्रिक सेनानी संघ, दलित संघ, लोकतान्त्रिक अपाङ संघ, भूतपूर्व सैनिक संघ, ठाकुर समाज र थारु संघले अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकेका छैनन् ।

३ फागुन २०७८ मा पार्टी केन्द्रीय समितिले महाधिवेशन गर्न नसकेका १० भ्रातृ संस्थाको कार्यसमिति भंग गरेको थियो । महाधिवेशन गर्नै नसक्ने अवस्थामा पुगेका भ्रातृ संस्थालाई यही वर्षको अन्तिमसम्म निर्वाचित कार्यसमिति ल्याउन पार्टीले निर्देशन दिएको छ । महाधिवेशन गराउनका लागि सहजीकरण गर्ने उद्देश्यले सहमहामन्त्री र केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिन लागिएको छ ।

सरकारले २०७८ देखि पटक पटक तदर्थ समितिको अवधि बढाउँदै यसैवर्षको अन्तिम समयलाई समय दिएको छ । भ्रातृ संस्थाले अधिवेशन गर्न नसकेपछि ठूलो आकारको तदर्थ समिति बनाइएको छ ।

नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ५२, भूतपूर्व सैनिक संघ ७९, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस