काठमाडौँ । गृह सचिवमा गोकर्णमणि दुवाडी सरुवा भएका छन् ।
मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले दुवाडीलाई गृह सचिव बनाउने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएका छन् ।
तत्कालीन गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएसँगै रिक्त रहँदै आएको गृह सचिवका लागि आधा दर्जन बढी सचिवहरूको प्रतिस्पर्धा रहे पनि दुवाडीले बाजी मारेका हुन् ।
केही मिनेट अघि मात्रै उनको पत्र बनेको हो ।