९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेनको कार्यशैलीप्रति काँग्रेसले उठायो प्रश्न

अ+ अ-

काठमाडौं। काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीप्रति नेपाली काँग्रेस काठमाडौँ महानगर समितिले पनि प्रश्न उठाएको छ ।

शुक्रबार काँग्रेसको महानगर समितिको बैठकपछि नगर सभापति निलकाजी शाक्य र महानगरको मेयर उम्मेदवार नेतृ सिर्जना सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै बालेनको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।

काठमार्डौं महानगरमा पर्ने नदी किनारमा २० मिटर छाड्नुपर्ने मापदण्डका विषयमा मेयर साहले महानगरवासीको हितमा काम नगरेको विज्ञप्तिमा भनिएको छ।’

‘काठमाडौँ महानगर क्षेत्रभित्रका नदीनालाको किनारमा पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवती लगायतका शक्ति पीठहरू, घाटहरू, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना बस्तीहरू पर्दछन्,’ विज्ञप्तिमा भनिएको छ,‘यस निर्णयले स्थानीय बासिन्दाहरूको पुराना बस्ती, वासस्थान र धार्मिकसांस्कृतिक सम्पदाको अस्तित्व जोखिममा पर्ने तथा कालन्तरमा लेप हुने सम्मको अवस्था सिर्जना भएको नेपाली काँग्रेस काठमाडौं महानगर समितिले महसुस गरेका छ ।’

काठमाडौँ महानगर प्रमुखको नेतृत्वमा गरिएको कामहरूले नागरिकहरूको हित र आवश्यकतालाई प्राथमिकता नदिएको ठहर गर्दै महानगरवासीको हकहितको संरक्षणका लागि यस विषयमा सम्बोधन गर्दै समस्या निराकरणका लागि राज्यका तीनै अंगमा ज्ञापनपत्र सहित अनुरोध गर्ने काँग्रेस काठमाडौँ महानगर समितिले गरेको छ ।

बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा, लगायतका नदी खोलाहरूको किनारा बाट दायाँबायाँ २० मिटर क्षेत्र छोडी मात्र निर्माण गर्न सकिने भनी २०६५ मंसिर १ मा भएको निर्णयअनुसारको प्रावधानलाई थप २० मिटर मापदण्डसहित पालना गरिनुपर्ने भनीसर्वोच्च अदालतले मिति यही साउन २४ मा काठमाडौँ महानगरपालिका लगायतलाई उत्प्रेषणयुक्त जारी गरेको आदेशको भने काँग्रेस काठमाडौं महानगर समितिले सम्मान गर्ने बताएको छ ।

कानुन बमोजिम नगरवासीहरूको हितका लागि फैसलाको पुनरावेदन गरी सम्पत्ति र वासस्थानको संविधान प्रदत्त हकप्रति ध्यान दिनुपर्नेमा, महानगरको कार्यपालिकाको बैठक वा कार्यकालिका सदस्यहरूसँग छलफल समेत नगरी मेयर साहले एकल निर्णयवाट पत्रिकामा प्रकाशित सूचनाले नगरवासीहरूलाई आतंकीत बनाएका भन्दै काँग्रेसले सो कार्यप्रति खेद प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस