७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक सेवा प्रवाहमा प्रविधिलाई आत्मसात गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सेवा प्रवाहमा राष्ट्रसेवक कर्मचारीले प्रविधिलाई आत्मसात् गर्नुपर्ने बताएका छन्।

निजामती सेवा दिवस मूल समारोह समिति गण्डकी प्रदेशद्वारा निजामती सेवा दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सेवा प्रवातलाई समयसापेक्ष चुस्त दुरुस्त बनाउनका लागि नवीनतम प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्नेमा जोड दिए।

जनताका कामप्रति सरकार सकारात्मक तवरले प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले नहुने भएमा के कारणले नहुने हो त्यसबारे स्पष्ट पार्नुपर्ने बताए । उनले तल्लो तहमा काम गर्नेदेखि उच्च पदस्थ पदमा रही काम गर्ने कर्मचारी र राजनीतिक नेतृत्व सबै जनताको पक्षमा भएकाले एकापसमा दोषारोपण नगरीकन जनताको सेवामा समर्पित हुनुपर्ने बताए।

संघीय निजामती ऐन नआउँदा कतिपय चाहेर गर्नुपर्ने काम पनि गर्न नसकिएको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेशतर्फबाट गर्न सकिने सबै किसिमका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।

कार्यक्रमका सभापति एवं गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले सुशासन, समृद्धि र विकास आजको आवश्यकता भएको उल्लेख गर्दै सार्वजनिक सेवामा जनताको पहुँच बढाउने गरी काम गर्नुपर्नेमा जोड दिइन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नेपालको निजामती प्रशासन राज्यका हरेक परिवर्तनलाई आत्मसात् गर्दै अघि बढिरहेको बताए। पछिल्लो समयमा निजामती प्रशासनलाई नकारात्मक तबरबाट हेर्ने क्रम बढिरहेको बताउँदै उनले जनताको मन जित्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए। 

कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले चुस्त दुरुस्त प्रशासनका माध्यमबाट निजामती कर्मचारीप्रति बढ्दै गएको नकारात्मक धारणा हटाउनुपर्नेमा जोड दिए । निजामती सेवा दिवसका अवसरमा केन्द्रका तर्फबाट मानव सेवा आश्रम  छोरेपाटनमा आश्रित दिदीबहिनीलाई तीजको दर खाने दिनमा दर भोज खुवाउनुका साथै सरसफाइ जस्ता कार्यक्रम सम्पन्न गरिएको उनले बताए।

कार्यक्रममा पूर्व कर्मचारी परिषद्का तर्फबाट स्वास्थ्य सेवातर्फबाट निवृत्त भएकी नानु थापालगायतलाई सम्मान गर्नुका साथै परिषद्ले प्रकाशन गरेको गोधूलिको सन्देश लोकार्पण गरिएको थियो । त्यस्तै कर्मचारी सम्बद्ध विभिन्न संघी संगठनका तर्फबाट निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमका विजयी तथा सहभागीलाई पुरस्कार एवं सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कर्मचारी संघी संगठनका नेताले सेवाग्राहीमैत्री सेवा प्रवाहमा जोड दिँदै राजनीतिज्ञ र कर्मचारीबीचको असल सम्बन्ध आवश्यक भएकोमा जोड दिए । संघीय निजामती ऐन चाँडो ल्याएर विद्यमान समस्याको समाधान गर्नुपर्नेमा उनीहरूको जोड छ ।

प्रतिक्रिया दिनुहोस