९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपी जयन्तीमा काँग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने

अ+ अ-

चितवन । नेपाली काँग्रेस चितवनले १११ औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा विभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली काँग्रेस चितवनका पूर्व सभापति एवं गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित छ जनालाई विशिष्ट सम्मान गर्न लागिएको हो । बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलसहित ४१ जनालाई मरणोपरान्त र जिल्लाका ९८ वटा वडाबाट सिफारिस भई आएका  १२५ जनालाई सम्मान गर्न लागिएको खनालले जानकारी दिए। 

पार्टीका महामन्त्री गगनकुमार थापा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा सम्मान कार्यक्रम गर्न लागिएको हो ।

यसअघि नेपाली काँग्रेस चितवनले गत वर्ष बिपी जयन्तीमा काँग्रेस नेता डा. शेखर कोइरालाको उपस्थितिमा ९० जना र अघिल्लो वर्ष बिपी जयन्तीका अवसरमा पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा १८३ जनालाई सम्मान गरेको थियो ।  खनालले भने, “पार्टीमा विशिष्ट योगदान पुर्‍याएकाहरुलाई सम्मान गरेर उहाँहरुमा ऊर्जा थप्ने काम गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस