१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालसेनालाई उपेक्षा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

अ+ अ-

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई कानून संशोधनका क्रममा बालसेनाको सरोकार उपेक्षा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

माओवादीका पूर्वलडाकु लेनिन विष्टले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । उनले संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउन संशोधन गरिएको विधेयक अन्तराष्ट्रिय मानवीय कानून अनुकूल नभएको दाबी गरेका छन् । द्वन्द्वकालीन बालसेनाको पहिचान समाप्त गरेको र बालसैन्य भर्तीलाई गम्भीर मानव अधिकार उल्लंघनको परिभाषबाट हटाएको भन्दै त्यसलाई समावेश गर्न माग गरेका हुन् ।

विष्टले बालसेनामा भर्ती गर्ने काममा संलग्नहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्ने भएकाले कानूनमा त्यससम्बन्धी व्यवस्था समावेश हुनुपर्ने माग गरेका छन् । उनले १० वर्षे द्वन्द्वकालका बालसेनाको माग र सवाल सम्बोधन हुनुपर्ने भनी यसअघि नै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

त्यही निवेदनको साथमा आफ्नो पछिल्लो माग पनि सम्बोधन हुनुपर्ने भनी उनले पूरक निवेदन दर्ता गराएका हुन् । सर्वोच्च अदालतले उनको रिट निवेदन सुनुवाइका लागि ३० भदौ (आगामी आइतबार)का लागि पेशी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस