५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ममाथि संसदीय छानबिन गरियोस् : धनराज गुरुङ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धबिच्छेद भएकाले आफूलाई जोड्न नमिल्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ज्योतिसँग सम्बन्ध विच्छेद्य भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूमाथि छानबिन गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पत्नी ज्योति गुरुङ मितेरी सहकारीको ठगी प्रकरणमा दोषी रहेको भन्दै काँग्रेस नेता धनराज गुरुङमाथि छानबिन गर्न माग गरेका थिए ।

गुरुङले भने आफू छानबिनका लागि तयार रहेको बताए । ‘संसदीय छानबिनका लागि पनि म तयार छु, मेरो लागि यो सुवर्ण अवसर हुनेछ’, उनले भने । विगतमा पनि आफूलाई आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको भन्दै सांसद गुरुङले मितेरी सहकारीको रकम अपचलनमा आफूमाथि कुनै छानबिन गर्न माग गरे । ‘कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु’, उनले भने ।

अहिले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन आउने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले विषयान्तर गर्न मात्र आफ्नो विषय उठाएको गुरुङले बताए ।

ज्योति गुरुङसँग सम्बन्ध राम्रो नभएपछि सम्बन्धबिच्छेद गरेको र १० वर्षको बच्चा आफैँले हुर्काएको भन्दै गुरुङले यो सम्बन्ध विच्छेद नक्कली भन्ने रास्वपा सांसद पराजुलीको भनाइको खण्डन गरे । ‘जसले नक्कली कुरा गर्छ, त्यसले अरूलाई नक्कली देख्नु स्वाभाविकै हो’, उनले उक्त सम्बन्ध विच्छेदलाई नक्कली प्रमाणित गर्न चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस