९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमुख्यमन्त्री केदार कार्कीले थाले आमरण अनशन

अ+ अ-

काठमाडौँ। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन थालेका छन् ।

आफू मुख्यमन्त्री हुँदा सुरु गरेका योजना कटौती गरेको भन्दै प्रदेशसभा अगाडि बनस्खण्डी मन्दिर नजिकै उनले अनशन सुरु गरेका हुन् । कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष ९ वटा माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए । उनले आफ्ना माग पूरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

कार्कीले अनशन बस्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसोबाट अनिश्चित कालीन निषेध देश जारी गरेको छ । पूर्वमुख्यमन्त्री कार्कीले १० वर्षमुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम कटौती गरिएको दाबी गरेका छन् ।

उनले प्रदेश सरकरले ल्याउने बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति भए पनि कमका योजना हालेको भन्दै सच्याउन माग गरेका छन् । शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको सञ्चालन गर्न बजेट नहालेको भन्दै उनको आपत्ति छ । महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता काटेको, घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम रोकेको, सुनसरी मोरङ केसलिया कोरिडोरको विकास कार्यक्रम रोकेको, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम रोकेकाले अनशन बसेको उनको जिकिर छ ।

पूर्वमुख्यमन्त्री कार्कीले कटौती गरेको भनिएका अधिकांश कार्यक्रम भने यस वर्ष पनि प्रदेश सरकारले सञ्चालन गर्ने गरी बजेट विनियोजन भएको सरकारी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस