७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलमा केयरगिभरमा जानेको नाम तत्काल सार्वजनिक नगरिने

अ+ अ-

काठमाडौँ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर)मा जानेको नाम तत्काल सार्वजनिक नगरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

इजरायलले रोजगारीका लागि आवेदन दिएकामध्ये गोला प्रथामार्फत छनोटमा परेका दुई हजार दुई सयको नाम तत्काल सार्वजनिक नगर्ने मन्त्रालयले सूचनामार्फत जानकारी गराएको हो । आवेदकमध्ये केहीका कागजातमा कैफियत देखिएकाले उनीहरूको छानबिन नहुँदासम्म नाम सार्वजनिक नगर्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।

‘नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता अनुसार दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउने सम्बन्धमा वैदेशिक रोजगार विभागबाट आवेदन माग गरिएकोमा केही आवेदकहरूले पेस गरेका कागजातहरूमा कैफियत देखिएकोले हाल कागजातहरू छानबिनको प्रक्रियामा रहेको र छानबिन प्रक्रिया सम्पन्न भए पश्चात् मात्र प्रक्रिया अगाडि बढाइने ब्यहोरा सरोकारवाला सबैमा जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयको सूचनामा भनिएको छ । इजरायलमा केयरगिभरमा जान आवेदन दिएकाले गोला प्रथामा परेकाको नाम सार्वजनिक गर्न दबाब दिएपछि मन्त्रालयले मङ्गलवार सूचनामार्फत सोबारे जानकारी गराएको हो ।

इजरायलमा केयरगिभरमा जानका लागि आवेदन दिनेले नक्कली प्रमाणपत्र पेस गरेको विषय बाहिर आएपछि छानबिनका लागि मन्त्रालयले सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन भएको हो ।

पछिल्लो पटक इजरायलले नेपालबाट केयरगिभर लैजाने भएपछि वैदेशिक रोजगार विभागले भर्ना प्रक्रिया अगाडि बढाएको थियो । विभागले गत असार ११ गतेदेखि भर्ना छनोट प्रक्रिया अघि बढाएको थियो । इजरायलमा केयरगिभरमा जानका लागि चार हजार २४ जनाले आवेदन दिएका थिए । जसमा दुई हजार दुई सय नौ जना पुरुष र एक हजार आठ सय १५ जना महिला थिए ।

आवेदन दिएकाबाट तीन हजार चार सय ६१ जनामा एक हजार आठ सय ६३ पुरुष र एक हजार पाँच सय ९८ महिलालाई विभागले स्वीकृत गरेको थियो । तर, भर्ना प्रक्रियामा सहभागी भएका कतिपय कागजात नक्कली भएको कुरा आएपछि विभागले स्वीकृत गरेका कागजातमाथि छानबिन गर्ने निर्णय मन्त्रालयले गरेको हो । प्रमाणपत्र खरिदबिक्री भएको उजुरी परेपछि श्रम मन्त्रालयले उच्चस्तरीय छानबिन समिति बनाएको हो ।

प्रतिक्रिया दिनुहोस