९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुणस्तर तथा नापतौल कार्यालयको राजस्व वृद्धि

अ+ अ-

भद्रपुर (झापा) । गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा रु ५८ लाख ४५ हजार आठ सय ५५ राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० को तुलनामा यो दुई सय दुई दशमलव ३९ प्रतिशतले बढी हो । 

उक्त कार्यालयका प्रमुख सुनिलकुमार यादवका अनुसार आव २०७९/८० मा रु २८ लाख ८८ हजार तीन सय ५३ राजस्व सङ्कलन भएको थियो । यसैगरी, आव २०७८/७९ मा रु १६ लाख ६२ हजार दुई सय १७ राजस्व सङ्कलन भएको उनले बताए । 

विगतका वर्षहरूभन्दा नाप्नेतौलने यन्त्रको नयाँ अनुमतिपत्र लिनेको सङ्ख्यमा वृद्धि, नाप्नेतौलने यन्त्र जाँच गराउने व्यवसायीहरूको सङ्ख्या बढ्नु तथा जरिवाना तिर्नेहरूको सङ्ख्या बढ्दा राजस्व बढेको कार्यालय प्रमुख यादवले बताए ।  उनका अनुसार आव २०८०/८१ मा नापतौल तथा नाप्नेतौलने यन्त्र प्रयोगका लागि एक हजार पाँच सय २६ नयाँ अनुमतिपत्र प्रदान गरिएको, २२ वटाको इजाजत पत्र नवीकरण, नाप्नेतौलने यन्त्र जाँच गराउने व्यवसायीहरूको सङ्ख्या दुई हजार नौ सय आठ थियो । 

साबिक मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र रहेको गुणस्तर तथा नापतौल कार्यालयले गत आवमा दुई हजार छ सय ३५ थप शुल्क तथा जरिवाना तिर्ने व्यवसायी रहेका जनाएको छ । कार्यालयले ३१ पटकमा दुई सय ३३ वटा फर्मको एकल अनुगमन गर्दा २८ पटकमा दुई सय ७२ वटा फर्मको संयुक्त अनुगमन भएको थियो । 

कार्यालयले एक वर्षमा पेट्रोलियम पदार्थ वितरण गर्ने ६०  पम्पको जाँच तथा दुई सय आठ पेट्रोलियम पम्पको नोजल जाँच गरेको थियो ।

प्रतिक्रिया दिनुहोस