काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० कलसाइन ‘नाइन एन– एएलवाई’ जहाज सी चेक सम्पन्न गरी फर्किएको छ ।
नियमित सी चेक मर्मत पश्चात् जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । मंगलबार इटालीबाट जहाज सी चेकको काम सम्पन्न गरी नेपाल ल्याइने भनिए पनि बिहीबार मात्र काठमाडौँ आइपुगेको हो ।
जहाज ३० दिनमा सी चेक सम्पन्न गरी दिने सर्तमा इटाली लगिएको थियो । तर, दुई महिनापछि मात्र जहाज फर्किएको छ । यो जहाज फर्किएसँगै निगमले लामो दूरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा ३ वटा जहाजले सेवा दिने जनाउँदै यात्रुलाई थप सुविधा पुग्ने विश्वास लिएको छ ।