१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ जिल्लाको शान्ति सुरक्षा र सुशासनलाई चुस्त राख्न इमानदार प्रयास गरे : तत्कालीन प्रजिअ बस्नेत  

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतले आफ्नो १४ महिने कार्यकालमा शान्ति सुरक्षा, सेवा प्रवाह र सुशासनलाई चुस्त राख्न इमानदार प्रयास गरेको बताएका छन्  । 

सरुवापछि सामाजिक सञ्जाल फेसबुकमा बिहीबार बस्नेतले पोस्ट गरेको सन्देशमा आफ्नो कार्यकालका अनुभवहरू सेयर गर्दै काठमाडौँ जिल्लामा शान्ति सुरक्षा कायम गर्न, सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउने, विपद् व्यवस्थापनमा समन्वय गर्ने, विकास सहजीकरण गर्ने र कानुन कार्यान्वयनमा इमानदार प्रयास गरेको उल्लेख गरेका हुन्  । काठमाडौँ जिल्लाको समग्र प्रशासनिक गतिविधिहरूलाई व्यवस्थित गर्न र अन्तर सरकारी तथा अन्तर निकाय समन्वयलाई सुदृढ बनाउने प्रयास गरेको बस्नेतले बताएका छन् ।

प्रजिअ बस्नेतले आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नमा नेपाल सरकार, गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वबाट प्राप्त मार्गदर्शनको लागि आभार समेत प्रकट गरे । उनले कार्यालयका कर्मचारीहरू, जिल्ला सुरक्षा समिति, कार्यालय प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतहरू, राजनीतिक दलका प्रमुखहरू, नागरिक समाज र सञ्चार क्षेत्रका प्रतिनिधिहरूबाट प्राप्त साथ सहयोगको लागि पनि धन्यवाद व्यक्त गरेका छन् ।

बस्नेतले २०८० साल असार २१ गतेदेखि २०८१ साल साउन २६ सम्मको अवधिमा काठमाडौँ जिल्लाका ४८औँ प्रमुख जिल्ला अधिकारीको रूपमा जिम्मेवारी सम्हालेका थिए। यस अवधि भरी जिल्लाभित्रको शान्ति सुरक्षा कायम राख्नु, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन, र विपद् पूर्व तयारी तथा प्रतिकार्यमा विशेष ध्यान दिएका काम गरेका थिए । उनले बजार अनुगमनलाई प्रभावकारी बनाउन र कानुन कार्यान्वयनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस