काठमाडौँ । ५५ जना इन्जिनियरहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका ईन्जिनियरहरुलाई विभिन्न निकायहरूमा सरुवा गरेको हो ।
उनीहरूलाई लाई दुई हप्ता अघि सरुवा गरेको भए पनि आज मात्रै प्रशासनलाई उपलब्ध गराएको हो । कर्मचारीहरूको सरुवा गर्ने तर निर्णय सार्वजनिक नगर्ने गरेपछि बुधवार(हिजो) मात्रै प्रशासन डटकमले यसबारे समाचार प्रकाशन गरेको थियो ।
सम्बन्धित समाचार : सामान्यमा अपारदर्शी सरुवा ‘खेती’ फस्टाउँदो, सार्वजनिक गरिँदैनन् सूची
त्यसपछि भदौ १३ गतेको निर्णय पठाइएको थियो । यसबिचमा पनि धेरै कर्मचारीहरूको सरुवा गरिए पनि त्यो सूची भने गुपचुप राखिएको छ ।
हेर्नुहोस् सूची :