काठमाडौँ । कारागार व्यवस्था विभागको महानिर्देशकमा नारायण भट्टराई नियुक्त भएका छन् । गृह मन्त्रालयले शुक्रबार गृह प्रवक्तासमेत रहेका भट्टराईसहित तीनजना सहसचिवको जिम्मेवारी तोकेको हो
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार मन्त्रालयका सहसचिवद्वय टोकराज पाण्डेलाई नीति विश्लेषण महाशाखामा पदस्थापन गरेको छ भने ऋषिराम तिवारीलाई भट्टराईको ठाउँमा शान्ति सुरक्षा महाशाखाको जिम्मेवारी दिइएको छ ।