काठमाडौँ । पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने भएको छ ।
पलेसालाई आइतबार आयोजित सम्मान कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऐतिहासिक पदक जिताएकी पलेसालाई मासिक भत्ता दिने घोषणा गरेका हुन् । प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेको गण्डकीका ९ खेलाडीलाई मासिक भत्ता स्वरूप ५ हजार दिँदै आएको छ । सोही समूहमा पलेसालाई समावेश गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।
‘गत वर्षदेखि हामीले ओलम्पिकमा भाग लिएका गण्डकी प्रदेशका खेलाडीलाई मासिक प्रोत्साहन सहयोग स्वरूप भत्ताको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘प्रदेशभित्रका खेलाडीलाई दिने भनेर गत वर्षबाट सुरु गरेको जुन मासिक भत्ता छ । भाग लिने खेलाडीलाई दिएका थियौँ । मेडल नै ल्याउन सफल भएको कारण प्रदेशबाहिरको भएता पनि पलेसा गोवर्द्धनलाई दिने घोषणा गर्दछु ।’
।