७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरुवा

अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको आठ महिने सफल कार्यकालपछि सरुवा भएको छ। हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले सहसचिव परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।

परियारको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोज गुरागाईँलाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ।

माघ ३ गते काठमाडौँ महानगरमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा नियुक्त भएका परियारले आफ्नो कार्यकालमा प्रशासनिक सुधारमा उल्लेख्य योगदान पुर्‍याएका छन्। आफ्नो जिम्मेवारीको सुरुआतमै तलबी प्रतिवेदन पास गर्नुका साथै निजामती सेवा दिवसको अवसर पारेर सेवाग्राहीको सुविधा बढाउने उद्देश्यले एकल सेवा केन्द्र सञ्चालनमा ल्याएका थिए । 

सम्बन्धित समाचार : काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

बजेट तथा खर्च व्यवस्थापनमा सुधार
आर्थिक वर्ष २०८०/८१ मा काठमाडौँ महानगरलाई विनियोजित २४ अर्ब रुपैयाँमध्ये १२ अर्ब भन्दा बढी अर्थात् ५१ प्रतिशत खर्च भएको छ, जुन पछिल्लो पाँच वर्षको अवधिमा सबैभन्दा उच्च खर्च दर हो। यसका साथै, यो खर्च रकम आर्थिक वर्ष २०७६/७७ मा सिङ्गो विनियोजन भएको रकम बराबर हो, जसले महानगरको खर्च क्षमता र प्रगतिको संकेत गर्दछ।

राजस्व सङ्कलनतर्फ पनि परियारको कार्यकालमा तुलनात्मक रूपमा महत्त्वपूर्ण प्रगति हासिल भएको छ। खर्चमा सुधार र बेरुजु न्यूनीकरणमा उनका प्रयासहरू काठमाडौँ महानगरको वित्तीय व्यवस्थापनलाई थप सुदृढ बनाउने दिशामा रहे।

कानुनी र संरचनात्मक सुधार
सहसचिव परियारले कानुन तर्जुमा र महानगरको आन्तरिक कार्य प्रणालीमा सुधार ल्याउन ठोस कदम चालेका छन्। प्रमुख कानुनी सुधारहरूमा कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड, बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि, फोहरमैलाई सङ्कलन तथा ढुवानी कार्यविधि, साथी महानगर कार्यविधि, सुलभ फार्मेसी सञ्चालन कार्यविधि र भवन निर्माण मापदण्ड जस्ता कानुनहरूको तर्जुमा समावेश छन्।

आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन उनले सम्बन्धित निर्देशिकाको मस्यौदा तयार पारेका छन् भने एसओपी (स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर) प्रतिवेदन पनि तयार भएको छ।

सफल कार्यकालको समापन
काठमाडौँ महानगर जस्तो संवेदनशील र ठुलो महानगरको प्रशासकीय जिम्मेवारी सम्हालेर परियारले प्रशासनिक सुधारका साथै सेवा प्रवाहमा उल्लेख्य प्रगति गरेका छन्। संघीय राजधानीको नेतृत्व गर्दै उनले देखाएको कार्यकुशलताले नयाँ पुस्ताका प्रशासकहरूलाई प्रेरणा दिएको छ।

यसबाहेक, चर्चित मेयर बालेन साहसँगको सहकार्यका क्रममा कुनै विवादका विषयहरू बाहिर नआएकाले उनको काम गर्ने शैलीले पनि प्रशंसा पाएको छ।

सहसचिव परियारको सफल कार्यकालपछि उनलाई नयाँ जिम्मेवारीमा सरुवा गरिएसँगै महानगरको प्रशासकीय नेतृत्व अब सहसचिव गुरागाईँले सम्हाल्नेछन् । उनको कार्यकाल कस्तो रहने छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस