१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाश शर्माले भने-५ वर्षसम्म सरकार चलाउने व्यवस्था संविधानमा गर्नुपर्छ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानमा नै ५ वर्षसम्म सरकार चलाउन पाउने व्यवस्था उल्लेख गर्न जरुरी रहेको बताएका छन् । 

नेपालमा राष्ट्रपति एक पटक र प्रधानमन्त्री २ पटक मात्र बन्न पाउने व्यवस्थाका लागि छलफल चलाइरहेको उनले बताएका हुन् ।  

आइतबार काँग्रेसको केन्द्रीय-स्थानीय समन्वय विभागले हेटौँडामा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै महामन्त्री शर्माले २०८४ पछि प्रधानमन्त्री बन्ने मानिस मुलुकले चिनिसकेको बताए । 

देशमा सरकार बनाउने र ढलाउने खेल चलिरहेको र सोही अनुसारको भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले पार्टी र सरकारको नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको औँल्याए । उनले पार्टी सभापति शेरबहादुर देउवाले मुलुक र पार्टीका लागि धेरै योगदान पुर्‍याइसकेकोले अब त्याग गर्ने बेला आएको बताए ।

‘हाम्रो सभापतिको नेतृत्वमा सबै काम भयो । अब त्याग गर्नुपर्ने अवस्था छ । सभापतिज्यूलाई अनुरोध छ केपी शर्मा ओलीपछि आफ्नो समकालीन कुनै साथीलाई प्रधानमन्त्री बनाउनुहोस् । २०८४ पछि कसलाई बनाउने हामी चिन्तन गरौँला,’ उनले भने ।

स्थानीय तहबाट निर्वाचित काँग्रेसका जनप्रतिनिधिलाई उनले नागरिकले स-सानो सुधार खोजेको बताए । मुस्कानसहितको सेवा नभई मुस्कुराउँदै जाने, मुस्कान दिने सेवा खोजेको उनको भनाई छ । स्थानीय तहका जनप्रतिनिधिले घोषणापत्रमा लेखिएको अनुसार के कति काम भयो भनेर स्वमुल्यांकन गर्नुपर्ने उनले बताए ।

महामन्त्री शर्माले सहकारीको रकम अपचलनको आरोप लागेका काँग्रेस उपसभापति धनराज गुरुङमाथि गहिरो छानबिन हुनुपर्ने माग गरे । आरोप लागेपछि स्वयम् उपसभापति गुरुङले समेत संसदमा नै आफूमाथि छानबिनका लागि आग्रह गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस