काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा तुलसा दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।
सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । दाहाल नेकपा (एमाले) र शर्मा नेकपा (माओवादी केन्द्र)का हुन् ।
यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र तुलसा दाहालको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरेका थिए।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने माया प्रसादको एकल उम्मेदवारी परेको थियो ।