काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको संसद् बैठकमा पेस हुने भएको छ ।
संसद् सचिवालयले सहकारी छानबिन समितिको प्रतिवेदन संसदमा पेस गर्ने कार्यसूची सार्वजनिक गरेको हो ।
‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति माननीय सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन-२०८१ पेस गर्ने’ कार्यसूचीको दोस्रो नम्बरमा राखिएको छ ।