काठमाडौँ । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिले प्रतिवेदन पारित गरेपछि रास्वपाका तर्फबाट सदस्य बनेका शिशिर खनाल प्रफुल्लित देखिए । उनले पत्रकारहरूसँग प्रतिवेदनको निष्कर्षबारे खुलेर प्रतिक्रिया पनि दिएका छन् ।
लामिछानेले सहकारीको रकम हिनामिना नगरेको निष्कर्ष प्रतिवेदनले निकालेको खनालको भनाइ छ । सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको रकम खर्च गर्ने सवालमा मात्रै लामिछाने जिम्मेवार देखिएको उनले बताए ।
‘एमडीको हैसियतमा रकम खर्च गर्दा यदि कुनै कानूनी दायित्व सिर्जना हुन्छ भने त्यो बहन गर्नुपर्छ भनेर लेखिएको छ । सहकारीको रकम अपचलनमा उहाँमाथि कुनै पनि कारबाही गर्न सिफारिस भएको छैन,’ खनालले भने ।