११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाको १६ औँ अधिवेशनबाट १२ वटा विधेयक पारित

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको १६औँ अधिवेशनबाट १२ वटा विधेयक पारित भएको छ । सोमबार १६औँ अधिवेशन अन्त्य गर्दै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यस अधिवेशनबाट १२ वटा विधेयक पारित भएको जानकारी गराएका हुन् ।

अध्यक्ष दाहालका अनुसार चालू अधिवेशनमा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’ लाई पारित गरी प्रतिनिधिसभामा पठाएको छ भने प्रतिनिधि सभामा उत्पत्ति भएको ‘लगानी सहरीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ दुवै सभाबाट पारित भई प्रमाणीकरणसमेत भएको छ ।

यसै अधिवेशनमा ‘नेपाल विश्वविद्यालय विधेयक २०७९’ र ‘सार्वजनिक सेवा प्रसारण विधेयक २०७७’, दुवै सभाबाट पारित भई प्रमाणीकरणको लागि पठाएको छ भने ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७’, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’, ‘विनियोजन विधेयक, २०८१’, आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’, र ‘भन्सार महसुल विधेयक, २०८१’ दुवै सभाबाट पारित भई प्रमाणीकरण भएका छन् ।

यसै अवधिमा आर्थिक बर्ष २०८१/०८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सभामा छलफल भएको छ । यस अधिवेशन अवधिमा राष्ट्रियसभामा दर्ता भएका ‘मिडिया काउन्सिल विधेयक २०८०’, ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१’, ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ र ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस