काठमाडौँ । लोक सेवा आयोगले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको विभिन्न पदहरूको नतिजा प्रकाशन गरेको छ ।
आयोग कार्यालयले मंगलबार एक सूचना जारी गरी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको विभिन्न पदहरूको नतिजा प्रकाशन गरेको जनाएको हो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको विभिन्न वि.नं. ०८०-८१ (खुला र महिला), सेवा समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।
यस्तै अन्तर्वार्ता तथा अन्य कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ ।
हेर्नुहोस् नतिजा