७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री सिंहले गरे गणेशमान सिंहको शालिकमा माल्यार्पण

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशनमान सिंहले स्व. नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका छन् । 

वि.सं २०४६ को जनआन्दोलनका कमाण्डर स्व. सिंहको २७औँ स्मृति दिवसको अवसरमा बुधबार गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा शालिकमा माल्यार्पण गरिएको हो ।

शालिकमा माल्यार्पण गर्दै मन्त्री सिंहले देश र जनतालाई सार्वभौम सत्ता सम्पन्न गराउनका लागि नेता सिंहको अविस्मरणीय योगदान रहेको बताए। जनताको अधिकारको सुनिश्चितता गराउनको लागि नेता सिंहले गरेको प्रतिवद्धतालाई सबैले स्मरण गर्दै अनुसरण गर्नुपर्ने मन्त्री सिंहको भनाइ थियो ।

उनले भने, ‘उहाँको ६ दशक लामो राजनीतिक जीवनमा १५ वर्षभन्दा बढी समय जेल जीवनमा बिताउनुभयो । हरेक राजाको कार्यकालमा उहाँले जेल जीवन बिताउनुभएको हो । त्यस्तै उहाँले १५ वर्षभन्दा बढी निर्वासनमा बिताउनुभयो । देश र जनतालाई सार्वभौम सत्ता सम्पन्न गराउन, जनताको अधिकारको सुनिश्चितता गराउनको लागि उहाँको प्रतिबद्धता, समर्पणलाई आज स्मरण गर्न चाहान्छौँ । उहाँ नै एउटा यस्तो नेता हो जसले २०४६ सालको जन आन्दोलनपछि प्राप्त गरेको प्रजातन्त्र सबैको प्रयासबाट मात्र सम्भव भएको भन्दै सबैलाई समावेश गर्नुपर्छ भनेर भन्नुभयो । उहाँले कुनै वर्ग र क्षेत्रलाई मात्र नहेरी समग्र मुलुकको हित हेर्नुभएको थियो ।’

 विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।

प्रतिक्रिया दिनुहोस