६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोकिएन विदेश मोह, पाँच वर्षमा ५४ कर्मचारी र ९६ सांसदले गरे विदेश भ्रमण 

अ+ अ-

काठमाडौँ । पछिल्लो समय कर्मचारी राष्ट्रिय सभा अध्यक्ष‚ उपाध्यक्ष तथा प्रतिनिधिसभा सभामुख‚ उपसभामुख सहित सांसदहरूको विदेश यात्राको मोह बढेको छ । २०७४ सालको आम निर्वाचन पश्चात् संघीय संसद्का ९६ जना सांसदहरूले विदेश यात्रा गरेका छन् । सो अवधिमा ५४ जना सांसदको स्वकीय देखि संसद् सचिवालयका कर्मचारीहरू विदेश भ्रमणमा गएको संसद् सचिवालयले जानकारी गराएको छ ।

संघीय संसद् सचिवालयले जारी गरेको तंथ्याक अनुसार राष्ट्रिय सभा अध्यक्ष‚ उपाध्यक्ष तथा प्रतिनिधि सभा सभामुख‚ उपसभामुखसहित ९६ जनाले विदेश भ्रमण गरेका हुन् । यसले आफ्नो देशको नागरिकहरूमा सकारात्मक सन्देश गएको भने मान्न सकिन्न । त्यस कारण माथिल्लो ओहोदाका व्यक्तिको विदेश भ्रमण समय-समयमा चर्चा, विवाद र आलोचनाको विषय बन्ने गरेको छ । 

अध्ययन, सेमिनार आदि विभिन्न कार्यक्रममा सहभागी हुन माथिल्लो ओहोदाका व्यक्तिहरू विदेश जाने गरेका गर्छन् । कर्मचारीहरू सित्तैमा घुम्न पाइने, गतिलो भत्ता उपलब्ध हुने आदि कारण उनीहरू विदेश भनेपछि हुरुक्क हुने गरेको विदेश जान नपाएका माथिल्लो ओहोदाकै व्यक्तिहरू बताउने गर्छन् ।

संसद् सचिवालयका अनुसार २२ भदौ २०७५ मा पहिलो पटक सभामुख कृष्णबहादुर महरा सहित सांसदहरू शान्तिमाया तामाङ‚ रंगमती शाही‚ उमा शंकरअरगरिया‚ एकवाल मियाँ‚ दुर्गा पौडेल चाइना गएका थिए । ‘चाइना तिवेत टुरिजम कल्चर’ नामक कार्यक्रममा उनीहरू ५ दिने भ्रमणमा चाइना गएका थिए ।

२०७९ को आम निर्वाचन अघि अन्तिम पटक भने ०५ मङ्सिर २०७९ मा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना सहित सांसदहरू डा. विमला राई पौड्याल र खिमलाल देवकोटा विदेश गएका थिए । ४३ औँ अन्तर संसदीय महासभामा भाग लिन उनीहरू ५ दिनका लागि कम्वोडिया गएका थिए । भ्रमण टोलीमा राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल‚ उपसचिव प्रदीप गुरागाईँ‚ शाखा अधिकृत पवन महत‚सिनियर अहेब डा पुष्पराज रिजाल थिए ।

तालिमको लागि विदेश जानुलाई नराम्रो भन्न मिल्दैन । तर विदेश भ्रमणसँगै हुने सरकारको करोडौँको अनियमितता, दोहोरो सुविधा लिने प्रवृत्ति, अनावश्यक शीर्षकमा विदेश जानेहरूका कारण उनीहरू स्वयम् बदनाम छन् । यस्ता विषयमा छानबिन र भ्रमणसम्बन्धी निश्चित मापदण्ड ल्याएर त्यसलाई कार्यान्वयन गराउन सके मात्र भ्रमणको उपयोगिता साबित हुने देखिन्छ । 

हेर्नुहोस् विदेश जानेहरूको सूचि :

प्रतिक्रिया दिनुहोस