७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौँ : शिक्षा मन्त्री भट्टराई

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने बताएकी छन् ।

आइतबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त ऐन छिटो पारित गर्ने सरकारको तयारी रहेको बताएकी हुन् । मन्त्री भट्टराईले शिक्षकलाई मासिक रूपमा पारिश्रमिक दिन पनि स्थानीय तहहरूलाई अनुरोध गरेकी छन् ।

‘हामी विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने गरी अघि बढिरहेका छौँ । यसैगरी शिक्षकलाई मासिक रूपमा पारिश्रमिक प्रदान गर्न पनि सबै स्थानीय तहलाई आजको दिनमा हार्दिक अनुरोध गर्न चाहन्छौँ’, उनले भनिन् ।

देशमा सञ्चालित आधारभूत र माध्यमिक विद्यालय, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरुलाई व्यवस्थित गर्दै लैजाने पनि मन्त्री भट्टराईले बताइन् । उनका अनुसार नेपालमा सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षक संख्या ९४ लाख ७५९ र अस्थायी १८ हजार ३७६, राहत दरबन्दीमा ४३ हजार ४२ र विषय शिक्षातर्फ ४ हजार १०९ शिक्षक रहेका छन् ।

मन्त्री भट्टराईले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने, रैथाने र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा सरकारले प्रारूप तयार गरी शुरु गर्ने योजना बनाएको पनि जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस