६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिस नेपाल आस्मा केसीलाई राप्रपाले बनायो केन्द्रीय सदस्य

अ+ अ-

काठमाडौँ । यस वर्षकी मिस नेपाल आस्मा कुमारी केसी राजनीतिमा होमिएकी छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सिधै केन्द्रीय सदस्य बनाइदिएको छ ।

राप्रपाले ‘नवीन राप्रपा’ कार्ययोजना अन्तरगत ४० वर्षमुनिका २० जनालाई सोझै केन्द्रीय सदस्य बनाउने आकर्षक ‘प्याकेज’ अघि सारेको थियो । विभिन्न मापदण्डका आधारमा अन्तरवार्तासमेत लिएपछि १० पुरुष र १० महिलालाई केन्द्रीय सदस्यमा हिजो मनोनयन गरिएको हो । मनोनितहरुको सूचीमा आस्माको नाम पनि छ ।

यसै बर्ष श्रावणमा भएको मिस नेपाल प्रतियोगितामा २६ वर्षीया आस्मा विजेता बनेकी थिइन् । मिस नेपालको ३० औँ संस्करणमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उनी मिस वल्र्डमा भाग लिन बाँकी नै छ । सोसल वर्कमा स्नातक गरेकी आस्माले इम्पोर्ट डिस्ट्रिब्यूसन एक्सपर्ट व्यवसायमा पनि संलग्न छिन् ।

मिस नेपालपछि दिएका विभिन्न अन्तरवार्तामा उनले भविष्यमा राजनीतिज्ञ बन्ने चाहना व्यक्त गरेकी थिइन् । तर, सायद सोचेको भन्दा धेरै चाँडो उनी एउटा राष्ट्रिय पार्टीको केन्द्रीय सदस्य बन्न सफल भइन् । कुनै पनि राष्ट्रिय दलको केन्द्रीय तहमा पुग्ने उनी पहिलो मिस नेपाल हुन् । आज उनी प्रमाणपत्र बुझ्न पार्टी कार्यालय जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस