९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधा खनियो सिद्धबाबा सुरुङको मुख्य टनेल

अ+ अ-

काठमाडौँ । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने काम आधा सकिएको छ ।

आयोजनाले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार मुख्य टनले ५४५.५७ मिटर खनिएको छ । यहाँ कुल ११ सय २६ मिटर लम्बाईको मुख्य सुरुङ बन्दै छ । बाइपासतर्फ पहिलो बाइपास १५१ मिटर खन्ने योजना छ । यसमध्ये १३७.२ मिटर खन्ने काम सकिएको छ ।

बाइपास दोस्रो १६१ मिटरमध्ये ११७ मिटर खनिएको छ । बाइपास तेस्रोतर्फ १३० मिटरमध्ये १२३.४ मिटर खनिएको आयोजनाले जनाएको छ । सुरुङ खन्ने कामले गति लिए पनि यसमा लाइनिङको काम भने अगाडि बढेको छैन । स्लोप प्रोटेक्सनमा भने धेरै काम अगाडि बढेको छ ।

आयोजनाका अनुसार यहाँ दक्षिणतर्फ २३ सय वर्गमिटर स्लोप प्रोटेक्सन गर्नुपर्नेमा १ हजार ४९५ वर्गमिटरमा यस्तो काम भइसकेको छ । यो आयोजनाको समग्र भौतिक प्रगति २२.८५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति २६.४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

सुरुङ खन्न गत माघदेखि सुरु भएको हो । यो आयोजनाको निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले लिएको छ । यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सनसहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् । बुटवललाई पोखरा र पश्चिम नेपालका विभिन्न गन्तव्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम सम्पन्न भएपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ । यो आयोजना ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा बन्दै छ ।

प्रतिक्रिया दिनुहोस