काठमाडौँ । गायक यश कुमारको ‘तिमी छौ र त’ को दोस्रो भाग नयाँ गीत ‘आँखा बन्द गरेर’ सार्वजनिक भएको छ ।
गायक यश कुमारको संगीत र गायन रहेको उक्त गीतमा प्रेम, र मिलनपछिको बिछोडको कथा समेटिएको छ । निर्मल मगरको शब्द रहेको म्युजिक भिडियोमा निकेश खड्काले भिडियोमार्फत संगीत र कथा प्रस्तुत गरेका छन् ।
गायक यश कुमारले बुधबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा यशकुमारसहित अनु थापा, प्रेम सुब्बा र राजेश घतानीको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो :