७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२ महिनामा १२ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम दुई महिनामा १२ अर्ब १२ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । यससँगै अहिलेसम्म यस्तो प्रतिबद्धता रकम ५ खर्ब २४ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

उद्योग विभागका अनुसार भदौसम्म कुल ९७ वटा उद्योगमा यस्तो प्रतिबद्धता प्राप्त भएको छ । जसमा १२ अर्ब रुपैयाँभन्दा धेरै प्रतिबद्धता आएको हो ।

भदौ महिनामा मात्र ३८ उद्योग दर्ता भएको र यस महिनामा ३ अर्ब ५६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । अटोमेटिक रुटबाट भने यस वर्ष दुई महिनामा ८६ करोड २५ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको हो । अहिलेसम्म ८ अर्ब ९७ करोड रुपैयाँ बराबरको एफडीआई अटोमेटिक रुटबाट आएको छ । सरकारले लगानी सम्मेलनका दौरान यो प्रविधिबाट लगानी स्वीकृति गराउन थालेको थियो ।

यसबीचमा आएको अधिकांश एफडीआई साना उद्योगमा केन्द्रित देखिन्छ । दुई महिनामा ठूलो लगानीमा २ वटा उद्योग मात्र दर्ता भएका छन् । मझौला उद्योग भित्रिएका छैनन् । सानो क्षमताका ९५ वटा उद्योग दर्ता भएको तथ्यांकमा देखिएको छ ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै आकर्षण पर्यटनमा देखिन्छ । पर्यटनमा कुल ७१ वटा उद्योग दर्ता भएका छन् । यो ७३ प्रतिशत हिस्सा हो । दोस्रो स्थानमा सेवा क्षेत्र रहेको छ । जसमा १५ उद्योग दर्ता भएका छन् । यो १६ प्रतिशत हिस्सा हो । उत्पादनमा ६ र सूचना प्रविधिमा ३ वटा उद्योग दर्ता भएको देखिन्छ । कृषिमा २ वटा उद्योग दर्ता भएका छन् । भदौसम्म नेपालबाट कुल २५ करोड रोयल्टी विदेशी लगानीकर्ताले विदेश लगेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस