काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिनका लागि बनेको आयोगको म्याद थप भएको छ ।
मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले आयोगको म्याद दुई महिना थप गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार समितिको संयोजक महेन्द्रकुमार थापालाई तोकिएको छ ।
समितिको संयोजक पूर्वसचिव शारदाप्रसाद त्रिताल रहेकोमा उनी बिरामी भएकाले थापालाई नयाँ संयोजक तोकिएको हो ।