९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षा

अ+ अ-

ढोरपाटन । शिक्षा क्षेत्रमा नयाँ काम गर्दै आएको बागलुङको जैमिनी नगरपालिकाले यस वर्षदेखि अनाथ, असहाय र विपन्न परिवारका बालबालिकालाई निःशुल्क आवासीय शिक्षा दिने भएको छ ।  नगरपालिकाले १० वटै वडामा शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई आवासीय सुविधासहित पढाउने जिम्मा लिन थालेको हो ।

‘असाय बालबालिकालाई शिक्षा’ कार्यक्रमअन्तर्गत बेसहारा बालबालिकालाई आवासीय शिक्षा दिइने भएको छ । दुई वर्ष अगाडिदेखि ‘लिड स्कुल’ को अवधारणा लिएर काम गरेको नगरपालिकाले वडा नम्बर ५ स्थित सर्वोदय जनक माध्यमिक विद्यालयमा बालबालिकालाई आवासीय सुविधासहित पढाउने भएको छ । 

बसाइसराइ कारणले विद्यार्थी घट्ने क्रम बढेपछि विद्यालय घटाउने र गुणस्तर बढाउनका लागि नगरपालिकाले ‘लिड स्कुल’ अवधारण ल्याएको थियो । गाउँमा धेरै बालबालिका अभिभावकविहीन भएको हुँदा उनीहरूको अभिभावकत्व नगरपालिकाले लिएर शिक्षा दिने भएको हो । सर्वोदय जनक माध्यमिक विद्यालयमा आवास तयार भएको भन्दै अन्य व्यवस्थापकीय पक्ष सुधार गरेर विद्यार्थी राखिनेछ ।

 आर्थिक अवस्था कमजोर हुँदा पढाइबाट विमुख भएका बालबालिकालाई नगरपालिकाले पढाउने जिम्मा लिएको उपप्रमुख हरिहर शर्माले बताए । कक्षा १ देखि १२ सम्म ‘लिड स्कुल’ मा पढाउने र त्यसभन्दा माथि पढ्नेका लागि छात्रवृत्तिको सुविधा दिइने उनको भनाइ छ । 

नगरपालिकाले यस वर्ष २० बालबालिकालाई सुविधा दिने र आगामी वर्ष बढाउँदै जाने उपप्रमुख शर्मा बताउँछन् । चालु आवमा प्रति विद्यार्थी रु ४० हजारका दरले बजेट विनियोजन गरेको र आगामी वर्ष नयाँ थपिए सोअनुसार व्यवस्थापन गर्ने उनको भनाइ छ । कोही पनि बालबालिका आफन्त नभएर र आर्थिक अवस्था कमजोर भएर पढाइबाट टाढा हुनु नपर्ने शर्माले बताए ।

उनले भने, “सबै नागरिकलाई शिक्षित बनाउने, स्वास्थ्य राख्ने प्रयास गरिरहेका छौँ, यस वर्ष हामीहरूले ‘असहाय बालबालिकालाई शिक्षा’ कार्यक्रम सञ्चालन गर्दैछौँ, यसबाट आफन्त नभएका बालबालिका, असहाय र विपन्न परिवारका बालबालिकालाई नगरपालिका अभिभावक बनेर पढाउने गरी जिम्मा लिँदैछ, नागरिकलाई शिक्षा दिने हाम्रो दायित्व हो, जैमिनीमा कोही बालबालिका पारिवारिक, आर्थिक र सामाजिक समस्याले शिक्षाबाट विमुख बन्नुपर्ने छैन ।”

‘लिड स्कुल’ मा विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने गरी काम भइरहेको छ । विसं २०७८ मा ‘लिड स्कुल’ घोषणा भएको विद्यालयमा नगरपालिकाले लगानी गरेको छ । उक्त विद्यालयमा यस वर्षदेख पढ्दै कमाउँदै अभियानअन्तर्गत चार रोपनी जग्गा भाडामा लिएर छ वटा प्लास्टिक टनेल स्थापना गरी तरकारी खेती थालिएको छ । प्रत्येक वडाबाट दुई/दुई विद्यार्थी लिएर उनीहरूलाई यही विद्यालयमा राखिने नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार जैमिनीमा ८० सामुदायिक र एउटा संस्थागत गरी ८१ विद्यालय रहेका छन् । उक्त विद्यालयमा करिब ६ हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेको आचार्य बताउँछन् । विद्यालयभन्दा बाहिर रहेका बालबालिका शिक्षाको पहुँच ल्याउनका लागि ‘असहाय बालबालिकालाई शिक्षा’ कार्यक्रम सञ्चालन गर्न थालिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस