९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यका उच्च अधिकारीहरूको सरुवा, विभागको महानिर्देशकमा देवकोटा

अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् ।

उनले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखसम्मको जिम्मेवारीमा परिवर्तन गरेका हुन् ।

स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मा डा. विकास देवकोटाले पाएका छन् । यसअघि विभागको महानिर्देशक डा. संगीता मिश्रालाई मन्त्रालय ल्याइएको छ ।

उपचारात्मक महाशाखाको जिम्मेवारी डा. सुधा देवकोटाले पाएकी छन् । उक्त महाशाखाका डा. अनुप बास्तोलालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा गरिएको छ ।

विभागको व्यवस्थापन महाशाखा प्रमुखमा डा. पवनजंग रायमाझीलाई लगिएको छ । यसअघि त्यहाँ रहेका डा. श्रवण थापा राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा भएका छन् ।

स्वास्थ्य तालिम केन्द्रमा यशोदा अर्याललाई लगिएको छ । डा. अनुप भट्टचनलाई सार्क टिबी रोग केन्द्रको जिम्मेवारी दिइएको छ । सार्क टिबी सेन्टरमा रहेकी डा. मनीषा रावललाई केन्द्रीय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ ।

कारागार अस्पतालमा निर्देशक रहेका डा. प्रकाश बुढाथोकीलाई मन्त्रालयमा ल्याइएको छ । उनी मन्त्रालयका प्रवक्ता समेत हुन् ।

मन्त्री पौडेलले वीरगञ्जस्थित नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चुमनलाल दासलाई पठाएका छन् । डा। दास यसअघि मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारीमा थिए । उनको ठाउँमा भने डा. भीम प्रसाद सापकोटालाई ल्याइएको छ ।

यस्तै, गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी डा. सरोज शर्माले पाएका छन् । यसअघि उक्त महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका डा. मदन उपाध्यायलाई वीर अस्पतालमा सरुवा गरिएको छ ।

कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. रूना झा र गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेसुमा डा. श्रीराम तिवारीले जिम्मेवारी पाएका छन् । यसैगरी, डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. नरेन्द्र खनाल सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस